नेभिगेशन
अन्य

नबिल बैंकका कर्मचारी आन्दोलनमा

काठमाडौं । नबिल बैंकका कर्मचारी आन्दोलनमा उत्रेका छन्। तलब बृद्धि, थप सेवा सुविधा लगायतका ३१ बुँदे माग राखेर आन्दोलनमा उत्रेका हुन्। लामो समयदेखि आन्दोलनमा उत्रेका नबिल बैंक कर्मचारी सघंका उक्त मागका सम्बन्धमा भने व्यवस्थापनले खासै ध्यान नदिएको कर्मचारीहरुको भनाइ छ। उनीहरुले व्यवस्थापन समक्ष कर्मचारी शोषण बन्द गर जस्ता नारा सहितको ब्यानर, र हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छन्। व्यवस्थापन समक्ष जायज माग राखेर आन्दोलनमा उत्रेको संघले बताएको छ। व्यवस्थापनले आफ्ना माग सम्बोधन नगरे कडा खालका कार्यक्रम ल्याउने चेतावनी कर्मचारीले दिएका छन्। बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। कमाइको अनुपातमा बैंकले तल्ला तहका अधिकांश कर्मचारीलाई थोरै तलब र न्युन सुविधा दिने गरेको गुनासो कर्मचारीहरुको छ। संघले असार २४ गतेसम्म आफ्ना माग पूरा गर्न व्यवस्थापनलाई अन्तिम समय दिएको बताएको छ। सघंका मागका सम्बन्धमा आइतबार रातीसम्म वार्ता भएको थियो। सो वार्ता निष्कर्षमा पुग्न नसकेको एक कर्मचारीले बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...