नेभिगेशन
अन्य

मस्यौदालाई अन्तिम रुप दिनका लागि संविधानसभा बैठक ७ बजेसम्मलाई स्थगित

काठमाडौं । संविधानसभा बैठक बस्ने समय सरेको छ । दिउँसो तीन बजे बस्ने भनिएको बैठक बेलुकी ७ बजेसम्मका लागि सारिएको हो । संविधान मस्यौदा समितिले मस्यौदालाई अन्तिम रुप दिन समय लागेकाले बैठकको समय पनि सारिएको संविधानसभा सचिवालयका सचिव मुकुन्द शर्माले जानकारी दिए । संविधानसभामा बैठकमा नयाँ संविधानको मस्यौदा पेस हुने र त्यसपछि जनताको सुझावका लागि पठाउने तयारी गरिएको छ । नयाँ संविधानको मस्यौदालाई आइतबार फरक मतसहित मस्यौदा समितिले पारित गरेको थियो । एकीकृत मस्यौदा तयार भए पनि त्यसको संवैधानिक र कानुनी भाषा तयार पारी अन्तिम रुप दिन बाँकी रहेकाले पनि संविधान सभाको बैठक प्रभावित भएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै