सिड्नी । बिगत दुईवर्षदेखि अष्ट्रेलियाको सिड्नीबाट प्रकाशित हुँदै आएको नेपाल न्यूज अष्ट्रेलिया तेश्रो वर्षमा प्रवेश गरेको छ । नेपाल न्यूज अष्ट्रेलियाको तेश्रो बर्षमा प्रवेश गरेको (जुन २६ शुक्रवार) उपलक्ष्यमा सिड्नीमा बिषेश कार्यक्रमका साथ तेश्रो बार्षिकउत्सव सम्पन्न भएको । बार्षिकउत्सव कार्यक्रममा वक्ताहरुले समाजमा सहि सुचना सम्प्रेषण गरेर प्रवासमा नेपाली भाषा, सन्देश तथा नेपाली गतिविधीलाई संचारमाध्या मार्फत अगाडि ल्याएर महत्वपुर्ण भुमिाका खेलेको भन्दै प्रशंसा गरेका थिए । उनिहरुले समाचार सम्प्रेषण गर्दा बिषयबस्तुको गहिराई,मा पुगेर सत्यतथ्य तथा निष्पक्षतालाई आधार बनाउन संचारकर्मीले बिर्सन नहुने सुझाव दिएका थिए ।

नेपाल न्यूज अष्ट्रेलियाको दुईवर्षको अवधिमा अष्ट्रेलियमा रहेका नेपाली समुदायको मन जित्न सफल भएको बताउदै वक्ताहरुले समाजा गतिविधीलाई समाचारका रुपमा प्रस्तुत गर्दा समुदायलाई फुटाउने नभई जुटाउने तर्फ बिषेश चनाखो हुनुपर्नेमा जोड दिए । नेपाल न्यूज अष्ट्रेलियाका प्रकाशक डिल्लीराम ढकालको सभापतित्वमा सम्पन्न सो बार्षिकउत्सव समारोहमा अष्ट्रेलियाली नेपाली समुदायका अगुवा, एनआरएन अष्ट्रेलियका संरक्षक इन्द्रावन, नेपाली समुदायका अगुवा डा नारयण प्रधान, एनआरएन ओसियानका संयोजक बिष्णु हमाल, एक्काका अध्यक्ष विवेक थापा , एक्सपर्ट एजुकेशन कल्सलटे्यान्सीका डाइरेक्टर संजिव शर्माले सत्य तथ्य समाचार सम्प्रेषण गरि अन्य नेपाली म्यागेजिन भन्दा नेपाल न्यूज अष्ट्रेलिया अगाडि रहेको बताउदै सधै सहयोग रहने स्पष्ट पारे । उनिहरुले नेपाली व्यावसायको प्रर्वद्धनमा मिडियाको ठुलो भुमिका हुने बताएका थिए । क्याप्कनमा डाइरेक्टर डा. किरण थापाले प्रवासमा बढ्दो पत्रपत्रिकाहरुको विस्तारलाई उल्लेख गर्दै अबको दिनमा सोसियल मिडियासँग पत्रपत्रिकाहरु प्रतिस्पर्धामा उर्तिनुपर्ने आवश्यकता रहेको बताए । उनले भने– अबका दिनमा पत्रिकामा विज्ञापन दिएर व्यापार व्यवसाय बढ्ने भन्दा पनि मिडियाले नेपाली भाषा र संस्कृतिको प्रबद्धनमा विशेष भूमिका खेल्ने भएकाले पत्रिकामा आफ्नो सहयोग निरन्तर जारी रहने बताए ।

कार्यक्रममा एनआरएन अष्ट्रेलियाको हुन गइरहेको निर्वाचनमा अध्यक्षका उम्मेदवारहरु सुरेन्द्र सिग्देल र भरत पोखरेलले आ–आफ्नो चुनावी एजेण्डाका बारेमा अवगत गराएका थिए । सो अवसरमा प्रकाशक ढकालले नेपाली समुदायको हितका पक्षमा नेपाल न्यूज अष्ट्रेलियाले सदैव कलम चलाइरहने बताए । त्यसैगरि प्रधानसम्पादक माधव गैरेले पाठक, बिज्ञापनदाता,शुभचिन्तकहरुको सहयोग सुझाव नै पत्रिकालाई ससक्तरुपमा अगाडि बढाउन जीवनबुटी भएको बताउदै समाचार बिचारलाई संतुलित ढंगले प्रस्तुत गर्न कुनै कसुर बाँकी नराख्ने स्पष्ट पारे । पत्रिकाका सम्पादक कृष्ण तिवारीले नेपाल न्युज अस्ट्रेलियाले व्यवसायिक र निष्पक्ष एवं सन्तुलित पत्रकारितामा जोड दिएको बताए । उनले अगाडि भने– हाम्रो ध्यय पाठकहरुप्रति लक्षित छ, भविष्यमा पनि पाठकहरुको चाहना मुताविक नै समाचार चयनमा ध्यान दिनेछौं ।
प्रवन्ध निर्देशक हेमन्त काफ्लेले पेशागत मर्मलाई कायम राख्दै समुदाय प्रतिको जिम्मेवारी निर्वाह गर्न कुनै कसुुर बाँकी नराख्ने स्पष्ट पारे ।

अप्रेशनल म्यानेजर दिनेराज जोशी, पत्रकार भीमसेन सापकोटाले पत्रिकाका बारेमा आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा चर्चित नेपाली गायिका मञ्जु पौडेलले गाएको गितमा सहभागिहरुले मनोरन्जन लिएका थिए । त्यस्तै युएनआई कलाकारहरु पुजा चन्द र रजनी पन्तले नृत्य प्रस्तुत गरेका थिए भने स्थानिय कलाकार रमण रेग्मीले बिभिन्न आधुनिक गित प्रस्तुत गरेका थिए । कार्यक्रममा अष्ट्रेलियमा रहेर बिभिन्न व्यावासयी, बिभिन्न संघसंस्थाका प्रतिनीधि तथा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।