नेभिगेशन
अन्य

१६ बुँदे नमान्ने दलले संविधानको मस्यौदा बहिस्कार गरे

काठमाडौं । नेपाली कांग्रेस बाहेकका अन्य दलहरुले संविधान जारी भएपछि न्यायाधीशहरुको पुनर्नियुक्तिको व्यवस्था संविधानमै राख्नुपर्ने प्रस्ताव अघि सारेका छन् । संविधानसभाको संविधान मस्यौदा समितिमा प्रस्तुत प्रारम्भिक मस्यौदामा छलफलमा भाग लिएका एमाले, एमाओवादी र फोरम लोकतान्त्रिक लगायतका दलका सभासदले न्यायाधीश पुननियुक्ति र न्याय परिषदको संरचनाका बारेमा कुरा उठाएका हुन् । जारी छलफलमा कांग्रेसका सभासदहरुले न्यायाधीश पुनर्नियुक्तिका बारेमा केही बोलेका छैनन् । संवैधानिक अदालत १० वर्षलाई राख्ने कुरामा भने यसअघि नै सहमति भइसकेको छ । संविधानको मस्यौदामा मस्यौदा समितिका सभासदहरुले आ आफ्नो दलको धारणासहित व्यक्तिगत धारणा राख्ने काम भइरहेको बैठकस्थलबाट एमाले सभासद रेवतीरमण भण्डारीले जानकारी दिए । मस्यौदामाथिको छलफलमा १६ बुँदे सहमतिको विरोध गर्दै आएका केही मधेसवादी र जनजाति दलका सभासदहरु भने सहभागी छैनन् । यसअघि प्रारम्भिक छलफलका बेला उनीहरु पनि सहभागी थिए । मस्यौदा समितिमा शनिवार र आइतवार विस्तृत छलफलपछि समितिले आवश्यक संशोधनसहित मस्यौदा संविधानसभा अध्यक्षलाई आइतबार बेलुकासम्म बुझाउने स्रोतले जनाएको छ । मस्यौदा प्रकाशन गर्नका लागि सभाध्यक्ष नेम्वाङले संविधानसभा सचिवालयलाई तयारी अवस्थामा राखेका छन् भने छापाखानाहरुलाई लागि पनि तयारी अवस्थामा राखिएको छ । मस्यौदा समितिले सभाध्यक्षलाई बुझाएको मस्यौदा संविधानसभाको पूर्ण बैठकमा पेश हुनेछ । सभाध्यक्ष नेम्वाङले संविधानसभा बैठक असार १४ गते बोलाएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै