नेभिगेशन
अन्य

बहुलवाद,नागरिकता, समानुपातिक तथा समावेशी प्रतिनिधित्व विषयमा विवाद

काठमाडौँ । संविधान मस्यौदा समितिअन्तर्गतको कार्यदलले तयार पारेको एकीकृत मस्यौदाको विषयमा पूर्ण सहमति जुटाउनका लागि आज बसेको प्रमुख चार राजनीतिक दलको बैठक बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न भएको छलफलमा कार्यदलले समितिमा शुक्रबार पेस गरेको मस्यौदाका विषयमा छलफल भए पनि विवादित केही विषयमा सहमति नभएपछि पुनः साँझ ५ बजे बैठक बस्ने सहमति भएको हो । बैठकपछि एमालेका उपाध्यक्ष भीमबहादुर रावलले मस्यौदा समितिले तयार पारेको मस्यौदामा देखिएका केही विवादित विषयमा सहमति खोज्नका लागि बैठक बसेको जानकारी दिए । उनले मस्यौदालाई थप परिष्कृत बनाउन र कम विवादित बनाउनका लागि बैठक केन्द्रित रहे पनि सबै विषयमा सहमति जुटाउन आन्तरिक छलफल गरी पुनः साँझ बैठक बस्ने बताए । दलबीच बहुलवाद, नागरिकता, समानुपातिक तथा समावेशी प्रतिनिधित्वलगायतका विषयमा विवाद जारी रहेको छ । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संवैधानिक समितिले तयार पारेको मस्यौदा एकलौटी र दलबीच भएको १६ बुँदे सहमतिको मूल मर्म विपरीत रहेको बताए । उनले मजदुर, किसान, युवाको प्रतिनिधित्वलगायत विषयमा विगतमा भएको सहमति विपरीत समितिले मस्यौदा तयार पारेको भन्दै आपत्ति प्रकट गरे । उनले साँझ बस्ने चार दलको बैठकमा सो विषयमा छलफल हुनेसमेत जानकारी दिए । समितिअन्तर्गतको कार्यदलले तयार पारेको मस्यौदामाथि आजदेखि समितिको पूर्ण बैठकमा छलफल हुने कार्यक्रम छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै