नेभिगेशन
अन्य

पक्राउ पूर्जीको अधिकार सशस्त्रलाई नदिन राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले सशस्त्र प्रहरीलाई पक्राउ पूर्जी जारी गर्ने अधिकार नदिन सरकारलाई निर्देशन दिएको छ । सशस्त्र पहरीलाई पक्राउ पूर्जी जारी गर्ने अधिकार दिनेगरी मन्त्रिपरिषदमा सशस्त्रको नियमावली संशोधन मस्यौदा पेश भएपछि राज्यव्यवस्थाले चासो दिएको हो । समितिले शुक्रबार गृहमन्त्री बामदेव गौतमलाई बोलाएर नियमावली संशोधनबारे जानकारी लिएको छ । बैठकमा गृहमन्त्री बामदेव गौतमले नियमावली संशोधन तयारीको बचाउ गर्दै बाहिर चर्चा गरिएजस्तो नेपाल प्रहरीको अधिकार खोसेर सशस्त्रलाई दिन नलागिएको बताए । उनले कुनै व्यक्तिलाई पक्राउ गर्दा पूर्जी दिनुपर्ने भन्दै मानवअधिकारकर्मीको विरोध गरेपछि सशस्त्रलाई पनि पक्राउ पूर्जी जारीको अधिकार दिन लागिएको बताए । साथै उनले प्रस्तावित नियमावली संशोधनका लागि प्रधानमन्त्री कार्यालयका कानून सचिव राजमानसिंह मल्लको संयोजकत्वमा उपसमिति बनेको जानकारी दिए । क्षेत्राधिकार बारे सशस्त्र र नेपाल प्रहरीबीच विवाद भएपछि सरकारले सशस्त्र प्रहरीले कुनै पनि व्यक्तिलाई पक्राउ गर्दा पूर्जीको सट्टा कुनै कागजात दिन सक्ने व्यवस्था गर्न लागेको छ । बैठकमा सभासद्हरुले सशस्त्र प्रहरीले पक्राउ गर्न सक्ने तर, पूर्जी जारी गरेर आफैं कारबाही गर्ने अधिकार दिन नहुने धारणा राखे । छलफलपछि समितिले नियम संशोधन प्रक्रिया अघि बढाउन नदिन निर्देशन दिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै