नेभिगेशन
अन्य

महाकालीले तीन घर बगायो, बिद्यालय ३ दिन बन्द

दार्चुला । विहीबारदेखिको निरन्तरको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । निरन्तरको वर्षाले नदीमा पानीको सतह बढेसँगै खलंगाका स्थानीयमा बाढीको त्रास समेत बढेको हो । गएराति महाकाली नदीमा आएको बाढीले जिल्ला सदरमुकाम खलंगाका तीन घर बगाएको छ । अपी नगरपालिका–११ बंङ्गाबगडका गणेश सिह बोहरा, हरक सिह महरा र गजैसिह महराको घर बगेको हो । त्यसैगरी सोही स्थानमा रहेको कैलाशपति निमावि छाङ्गरु र ब्यांस गाविसको भवन लगायत एक दर्जन भवनहरु पुर्णरुपमा जोखिममा रहेका छन । नदीको सतह बढिरहेकाले जोखिम बढेको भन्दै कैलाशपति निमावि तीन दिनका लागि बन्द गरिएको छ । विद्यालय व्यवस्थापन समितिको आज बिहानै आकस्मिक बैठक बसी विद्यालय मंगलबारसम्म बन्द गर्ने गरिएको प्रध्यानाध्यापक राजेन्द्रबहादुर सिंहले बताए । नदीमा पानीको सतह बढेपछि तटबन्ध निर्माण कार्य पूर्ण रुपमा प्रभावित भएको छ । नदीमा पानी बढेसँगै ठेकेदारहरुले आफ्नो निर्माण सामग्रीहरु सुरक्षित स्थानमा सारेका छन । महाकाली नदीको जलस्तर खतराको चिन्हसम्म पुगेकोले बिहिबार साँझदेखि नै उच्च सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले बताए । सबै सुरक्षा निकाय तथा तटबन्ध निर्माण गर्ने ठेकेदार कम्पनीहरुलाई समेत तयारी अवस्थामा रहेन निर्देशन दिएको उनको भनाई छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै