नेभिगेशन
अन्य

नयाँ संविधानको एकीकृत मस्यौदा तयार

काठमाडौं । प्रमुख दलहरुबीच देखिएका विवाद मिलाएर मस्यौदा समिति अन्तरगतको एकीकृत मस्यौदा लेखनका लागि बनेको कार्यदलले आज एकीकृत मस्यौदा समितिलाई बुझाउदै छ । विवाद मिले सहमतिसहितको र नमिले असहमति सहितको मस्यौदा कार्यदलले समितिलाई बुझाउनेछ । कार्यदलबाट संविधान मस्यौदा समितिले आज नयाँ संविधानको प्रारम्भिक मस्यौदा पाउनेछ । बिहान बैठक बसेर दिउँसो समितिको बैठकमा मस्यौदा बुझाउने तयारी छ । मस्यौदा लेखनका लागि गठित कार्यदलले बिहानसम्म मस्यौदा तयार पारी साँझ ५ बजे बस्ने समिति बैठकमा पेस गर्ने तयारी गरेको कार्यदलका सदस्य रमेश लेखकले जानकारी दिए । उनका अनुसार अधिकांस विवाद मिलेको र नमिलेका विषय आज मिलाइने छ । प्रस्तावित संविधानमा करिब ३५ भाग तय भइसकेको छ भने तीन सयभन्दा बढी धाराहरू हुनेछन् । कार्यदलले विवाद रहेका विषयलाई शीर्ष तहमा समेत छलफल गरेर समाधान गर्दै मिल्न नसकेका विषयलाई पछि मिलाउने गरी मस्यौदा गरेको छ । बहुलवाद, संरचना निर्धारण, संक्रमणकालमा संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्ति हुने–नहुने विषयमा मतभेद छ । प्रस्तावनाको बहुलवाद शब्द राख्नेरनराख्ने विषयको विवाद संवाद समिति हुँदै मस्यौदासम्म मिलेको छैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...