नेभिगेशन
अन्य

चार दिनमा चौध लागुऔषध कारोबारी पक्राउ

पानीट्याङ्की । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको विशेष टोलीले चार दिनमा १४ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान समूहको टोलीले बिहीबार सुनसरीको इटहरीबाट चार र दुई दिनअघि झापाबाट १० जनालाई लागुऔषधसहित पक्राउ गरेको हो । टोलीले बिहीबार मोरङ सुन्दरदुलारी नगरपालिका–१ का ३२ वर्षीय शववेक चौधरी, सुनसरी इटहरी–५ का ३४ वर्षीय नरेन्द्रबहादुर कार्की, सुनसरी श्रीपुर– ७ का ५० वर्षीय कपिलदेव यादव र सोही स्थानका विद्यानन्द यादवलाई लागुऔषध बेचबिखन गर्दैगर्दा बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो । यसअघि गएको सोमबार र मङ्गलबार सोही समूहले १० जनालाई लागुऔषध, सवारी साधन, मोबाइल सेट र नगदसहित झापाका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ । पूर्व क्षेत्रमा लागुऔषध कारोबार गर्नेहरू बढेको सूचना पाएपछि प्रहरीले विशेष टोली खटाएर निगरानी बढाउन थालेको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...