नेभिगेशन
अन्य

संसद अधिवेशन असार १५ का लागि आह्वान

काठमाडौं । व्यवस्थापिका संसदको बजेट अधिवेशन आगामी असार १५ गते हुने भएको छ । अधिवेश दिउँसो तीन बजे सुरु हुनेछ । सरकारले राष्ट्रपतिसमक्ष असार १५ गते अपराहृन ३ बजेका लागि संसद् अधिवेशन आहृवानको सिफारिस गरेको थियो । प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला र शान्ति तथा पुनःनिर्माण मन्त्री नरहरि आचार्य र मुख्यसचिव लीलामणि पौड्यालले बुधबार अधिवेशन आहृवानको सिफारिसपत्र राष्ट्रपति डा रामवरण यादवसमक्ष प्रस्तुत गरेका थिए । सरकारबाट प्राप्त सिफारिसअनुसार राष्ट्रपति कार्यालयले व्यवस्थापिका संसदको अधिवेशन आह्वान गरेका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...