नेभिगेशन
अन्य

जापानले २६ अर्ब रुपैयाँ सहयोग गर्ने

काठमाडौं । जापान सरकारले नेपालको पुननिर्माणमा २६ अर्व रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । भुकम्पपछिको पुनस्थापना र पुननिर्माणमा सहयोग जुटाउन काठमाडौंमा भएको अन्तराष्ट्रिय दाता सम्मेलनलाई सम्बोधन गर्दै जापानी बिदेश राज्यमन्त्री मिनोरु कियुची ले यस्तो घोषणा गरेका हुन् । आगामी तीन बर्षमा उपलब्ध गराइने यस्तो सहयोगको प्राथमिकता भूकम्प प्रतिरोधी बिद्यालय निर्माण र दोस्रो प्राथमिकतामा भूकम्प प्रतिरोधी आवास निर्माण रहेको उनले बताए । जापानमा बिनासकारी भूकम्प जाँदा नेपाल सरकारले गरेको सहयोग र जापानमा बसोबास गरिरहेका नेपाली समुदायको सहयोगबाट जापान सरकार नतमस्तक रहेको भन्दै मन्त्री कियुचीले सोही कारण पनि जापानले नेपालको वितपका बेला सहयोग गर्ने अग्रसरता देखाएको बताए । पुनःनिर्माणका लागि अन्तराष्ट्रिय सहयोग जुटाउने उदेश्यले दोस्रो सम्मेलनको आयोजना गरिदिन समेत तयार रहेको उनले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...