नेभिगेशन
अन्य

अब योजनाबद्ध पुननिर्माण गरिने प्रधानमन्त्रीको भनाई

काठमाडौं । प्रधानमन्त्री शुसील कोइरालाले भूकम्पपछिको पुननिर्माण योजनाबद्ध ढंगले गरिने बताएका छन्। भूकम्पपछिको पुननिर्माणको लागि सहायता जुटाउन आयोजित अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले भूकम्पको उच्च जोखिममा भएपनि त्यसको पूर्व तयारी गर्न नसकिएको स्विकार गरेका छन्। भूकम्पपछिको पुननिर्माणको लागि नेपाली राजनीतिक दल एकताबद्ध भएर लाग्ने जानकारी प्रधानमन्त्रीले दातृ निकायलाई गराएका छन्। भष्ट्रचार तथा अनियमिताको विषयमा सरकारले शुन्य सहनशिलताको नीति लिएको भन्दै प्रधानमन्त्री कोइरालाले दातालाई सहयोग रकम अनियमिता नहुँने भन्दै आस्वस्त बनाउन खोजेका छन्। ‘भूकम्पपछिको पुननिर्माणको लागि अधित्तम मात्रामा स्रोतको उपयोग गरिने छ,’ प्रधानमन्त्री कोइरालाले भने। नेपालको विकासको लागि ठूलो मात्रामा प्राकृति स्रोत रहेको र यसको लागि ठूलो बजार दुई छिमेकी देश भारत र चीन रहेको प्रधानमन्त्रीले बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...