नेभिगेशन
अन्य

आज दाता सम्मेलन, सात मन्त्रीसहित दुई सय ८० अतिथि

काठमाडौं । भुकम्पपछिको पुर्ननिर्माणका लागि सहयोग जुटाउनका लागि सरकारले आज आयोजना गरेको अन्तराष्ट्रिय दाता सम्मेलन हुँदैछ । दाता सम्मेलनको प्रधानमन्त्री सुशील कोइरालाले बिहान १० वजे सोल्टी होटलमा उदघाटन गर्ने कार्यक्रम रहेको छ । अन्तर्राष्ट्रिय दाता सम्मेलनमा विभिन्न ६ देशबाट मन्त्रीस्तरीय र एक देशबाट राज्यमन्त्रीको सहभागिता भएको छ । बुधबारसम्म विभिन्न देशबाट दुई सय ८० प्रतिनिधि सम्मेलनमा भाग लिन काठमाडौं आइपुगेका छन् । चीनका परराष्ट्रमन्त्री वाङ यी, भारतकी विदेशमन्त्री सुषमा स्वराज बुधबार काठमाडौं आएका छन् । वाङ हिजो दिउँसो र स्वराज हिजो साँझ आइपुगेकी हुन् । नर्वेका विदेशमन्त्री बोर्गे ब्रेन्डी र बंगलादेशका अर्थमन्त्री अब्दुल मल अब्दुल मुथ, जापानका विदेश राज्यमन्त्री हिनोरो किउची पनि बुधबार नै आइपुगेका छन् । श्रीलंका र भुटानका मन्त्री भने मंगलबार काठमाडौं आइसकेका थिए । युरोपियन युनियनका विकास मामिला कमिसनर, जाइकाका अध्यक्ष, विश्व बैंकका उपाध्यक्ष पनि सम्मेलनमा सहभागी हुँदै छन् । चीन, भारत, बंगलादेश, नर्वे र जापानका मन्त्रीले बुधबार नै प्रधानमन्त्री सुशील कोइरालासँग शिष्टाचार भेट गरेका छन् । काठमाडौं आइपुगेका दातृ समुदायका प्रतिनिधिलाई भूकम्पबाट प्रभावित उपत्यकाका पर्यटकीय क्षेत्रको अवलोकन गराइएको छ । सरकारले सम्मेलनका लागि विभिन्न देश, संघसंस्था र व्यक्ति गरी ७० जनालाई निमन्त्रणा पठाएको थियो । तीमध्ये ५५ ठाउँबाट सहभागिता हुने पक्का भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै