नेभिगेशन
अन्य

लिपुलेखको बिरोध गर्ने चन्द माओवादीका ३१ कार्यकर्ता पक्राउ

काठमाडौ । भारत र चीनबीच भएको व्यापार सम्झौताको बुँदामा उल्लेख लिपुलेक नाका विस्तार गर्ने सम्झौताको विरोधमा आज नेकपा माओवादीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । रत्नपार्कबाट निकालिएको जुलुस सुन्धारामा पुगी समापन गर्ने बेलामा प्रहरीले हस्तक्षेप गरी माओवादीका पोलिटब्युरो सदस्य तिलक परियारसहित ३१ जनालाई पक्राउ गरेको छ । पक्राउका क्रममा प्रहरी र माओवादी कार्यकर्ताबीच सामान्य झडपसमेत भएको थियो । झडपमा माओवादी सम्बद्ध मजदुर सङ्गठनका नेता योगेन्द्र कुमालसहित केही माओवादी कार्यकर्ता घाइते भएका छन् । पक्राउ गरेर आफूहरुलाई पुलिस क्लब प्रदर्शनीमार्गमा राखिएको माओवादी नेता लालबहादुर बिसीले जानकारी दिए । गत जेठ १ गते भारत र चीनबीच भएको व्यापार सम्झौतामा नेपालको भूमि लिपुलेक नाकामा दुई देशले व्यापार विस्तार गर्ने उल्लेख छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...