नेभिगेशन
अन्य

प्रकाशमानले हटाए नयाँ घर निर्माणमा लागेको प्रतिवन्ध

काठमाडौं । सरकारले विनाशकारी भूकम्पपछि नयाँ घर निर्माणमा लगाएको प्रतिवन्ध हटाएको छ । साथै प्रक्रियामा रहेका नयाँ नक्सा पास स्वीकृति प्रक्रिया अघि पनि बढाउने निर्णय भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मन्त्रिस्तरीय निर्णयका आधारमा भवन निर्माणसम्वन्धी ८ बुँदे सर्कुलर जारी गरेको छ । जसमा गत जेठ ४ गते जारी भएको १६ बुँदे निर्देशनको प्रमुख १, २ र ३ नम्बरको निर्णयहरुलाई सम्बोधन गरिएको छ । नयाँ निर्देशन अनुसार नक्सा पास भएका तथा निर्माण सुरु नभएका घरहरुको निर्माणमा लागेको प्रतिवन्ध हटेको छ । साथै निर्माणाधीनको हकमा दुई तलाभन्दा बढी बनाउन नपाइने व्यवस्था पनि खारेज भएको छ । निर्देशनको दोस्रो बुँदामा भनिएको छ,–‘राष्ट्रिय भवन संहिता, र स्वकृत मापदण्ड बमोजित स्वीकृत भएका क, ख, ग र घ वर्गका भवनहरुको निर्माण कार्यलाई प्रचलित कानूनको परिधिमा रही निर्माण कार्य सुचारु गर्न दिने ।’ तर, निर्माण कार्य सुरु नभएका क र ख बर्गको भवनको हकमा भने माटो परीक्षण गर्नु पर्ने भएको छ । भवन ऐनको दफा ८ अनुसार क बर्गमा अन्तराष्ट्रिय स्तरका ठूला भवनहरु पर्छन् भने ख वर्गमा एक हजार स्वायरफिट क्षेत्रफल भएको र तीन तला वा सोभन्दा माथिका भवनहरु पर्छन् । ग बर्गमा तीन तलाभन्दा कमका र घ मा अन्य घरहरु पर्छन् । यस्तै भवन निर्माणका लागि प्रक्रियामा अगापडि बढेका भवनहरुको नक्सा तथा डिजाइनहरु राष्ट्रिय भवन संहिता तथा स्वीकृति मापदण्ड अनुसार भए कानून अनुसार नक्सा स्वीकृत गर्ने निर्णय भएइको छ । तर, भवन निर्माण अनुमतिका लागि असार मसान्तसम्म नयाँ निवेदन दर्ता नगर्ने निर्णय भने कायमै छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै