नेभिगेशन
अन्य

भुकम्पपछिको भग्नावशेष हेर्दै दाता सम्मेलन सहभागि विदेशी पाहुना

काठमाडौ । नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आएका विशिष्ट पाहुनाले भूकम्पबाट क्षति भएको विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका क्षेत्रको भ्रमण गरेका छन् । बुधबार बिहान क्षतिग्रस्त हनुमान ढोका घुमाउने क्रममा विशिष्ट पाहुनालाई हेलमेट, पञ्जा, मास्क र ज्याकेट लगाई सो क्षेत्रको अवलोकन गराइएको थियो । सम्मेलनमा भाग लिन आएका ३४ जना विशिष्ट अतिथिले हनुमानढोका दरबार क्षेत्र अवलोकन गरेका थिए । भूकम्पले काष्ठमण्डप, भाजु देवल, नारायण मन्दिर, लक्ष्मीनारायण मन्दिर, शिवपार्वतीको मन्दिर, नौतलेदरबारमध्ये तीनतला, गद्दी बैठक, सिंहढोका, कागेश्वर मन्दिर, तलेजु मन्दिर, पञ्चमुखी हनुमानजस्ता जीवन्त संस्कृतिको धरोहरलाई क्षति पुर्‍याएको छ । पूर्ण क्षति नभएका संरचनालाई फलाम तथा काठको टेकाले अड्याइएको छ । बढो उत्सुकतापूर्वक उनीहरुले ती क्षेत्रका ऐतिहासिक महत्वका बारेमा जानकारी लिएका थिए । हनुमानढोका हेरचाह अड्डाका प्रमुख सरस्वती सिंहले विशिष्ट अतिथिलाई सो क्षेत्रको बारेमा अवगत गराएका थिए । श्रीलंका विपद् व्यवस्थापन मन्त्री ए एचएम फौजेले भूकम्पले नेपालमा पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनःनिर्माणमा सहयोग गर्न आफ्नो देश तयार रहेको बताए । अवलोकनमा सहभागी हुन आएका युनेस्को प्रतिनिधिमण्डलका प्रमुख क्रिस्टिन मार्टिनले यी ऐतिहासिक, पुरातात्विक स्थलको पुनःनिर्माणका लागि सहयोग गर्ने र यसका लागि क्षति मापन भइरहेको जानकारी दिए । उनले पुरातात्विक स्थलको पुनःनिर्माणका लागि विस्तृत कार्ययोजना युनेस्कोको तर्फबाट पनि बन्ने बताए ।जापानी सहयोग नियोग जाइकाका प्रमुख डा आकिहिको तानाकाले भूकम्पले पुर्‍याएको पुनःनिर्माणका लागि आवश्यक पर्ने सहयोग प्रदान गर्न जाइका तयार रहेको बताए । अहिले उनीहरु भूकम्पले क्षति पुगेको काठमाडौंको पुरानो बस्ती साँखु भ्रमणमा छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै