नेभिगेशन
अन्य

डियुटीमा बसेका प्रहरी आफैलाई गोली हाने

रौतहट । रौतहटको रामपुर खापमा सेन्ट्री बसेका प्रहरी जवानले आफैलाई गोली हानेका छन् । बुधबार बिहान पाँच बजेको समयमा राममुर खाप प्रहरी चौकीमा सेन्ट्रीमा बसेका प्रहरी जवान लालबाबु चौहानले आफूले बोकेको राइफलले टाउकोमा प्रहार गरेका छन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गोली लागि ढलेका उनको रौतहटमा सामान्य उपचार गरी नारायणी क्षेत्रीय अस्पताल वीरगञ्ज पठाइएको छ । अत्यधीक रक्तश्रापका कारण स्वास्थ्य अवस्था निकै कमजोर भएको अस्पतालले जनाएको छ । पर्सा सेरसिया ५ घर भएका चौहानले किन आफैलाई गोली हाने भन्ने खुल्न सकेको छैन् । यसका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच रौतहटको मुडवलवा २ की एक किशोरीले मट्टितेल छर्केर आगो लगाइ आत्महत्या गरेकी छन् । १९ वर्षकी अञ्जली जैसवालले आफ्नै घरको पक्की शौचालयमा भित्रबाट चुक्कल लगाएर मट्टितेल छर्किएर आत्महत्या गरेकी हुन् । बिहान सात बजे परिवारले थाहा पाएर प्रहरीलाई खबर गरेको थियो । आत्महत्याको कारण खुल्न सकेको छैन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...