नेभिगेशन
अन्य

संविधानको एकीकृत मस्यौदाको विवाद टुंगो लगाउन चार दल बस्दै

काठमाडौँ । संविधानको एकीकृत मस्यौदा बनाउने क्रममा देखिएको विवाद समाधान गर्न आज प्रमुख चार दलको बैठक बस्दैछ । बिहान ११ बजे बैठक बसेर संविधानको एकीकृत मस्यौदा बनाउने क्रममा देखिएको विवादबाट निश्कर्ष निकाल्ने चारदलबीचका शीर्ष नेताबीच समझदारी भइसकेको छ । मंगलवार साँझ प्रधानमन्त्री निवास बालुबाटारमा बसेको बैठकमा विवादित विषयमाथि छलफल भए पनि अन्तिम रुप दिन समय लाग्ने भएकाले बुधबार बिहान बैठक बसेर टुंगो लगाउने नेताहरुले बताएका छन् । विस्तृत रुपमा छलफल गर्नुपर्ने भएकाले आज बिहान बसेरे टुंगो लगाउने विषयमा छलफल भएको हो । बैठकमा मस्यौदा समितिमा भएको कामका बारेमा समितिको कार्यदलका तर्फबाट प्रमुख पार्टीका शीर्ष नेतालाई ब्रिफिङ गरिएको र तोकिएकै समयमा मस्यौदालाई निर्माणको काम भइरहेको जानकारी दिइएको थियो । मस्यौदा समितिको टोलीले केही विषयमा नेतृत्व तहमा छलफल गरेर निचोड निकाल्नुपर्नें अनि मात्रै काम तीव्र रुपमा अघि बढाउन सकिन्छ भन्दै शीर्ष नेताहरुलाई आग्रह गरेको थियो । आज चार दलका एक÷एक शीर्ष नेता र मस्यौदा समितिका कार्यदलमा कार्यरत एक÷एक जना सदस्य बसेर छलफल गर्ने समझदारी भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै