नेभिगेशन
अन्य

एमाले अध्यक्ष ओलीले भने–‘राजनीति गर्ने काम अदालतको होइन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीति गर्ने काम सर्वोच्च अदालतको नभएको बताएका छन्। थाइल्याण्डमा स्वास्थ्य जाँचपछि मंगलबार स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने–‘राजनीति सर्वोच्च अदालतले होइन, त्यो डिभिजन वा सिंगल बेञ्चले गर्ने होइन, संविधान निर्माणका लागि अरु कसैले निर्देशन दिने होइन, संविधानसभाले स्वतन्त्र ढंगले काम गर्न सक्छ।’ सर्वोच्च अदालतले असार ४ गते नामांकन र सीमांकन बिनाको संविधान जारी हुन नसक्ने आदेश गरेपछि त्यस विषयमा ओलीले आपत्ति जनाएका हुन्। न्यायालयको फैसलामा अरु प्रकारका विषय ९राजनीति० मिसिएपछि कस्तो हुन्छ भन्ने अहिले देखिएको ओलीले टिप्पणी गरे। ‘संसदसँग संविधान संसोधन नै गर्ने हक हुन्छ’ ओलीले भने–‘संविधानसभाले संविधान बनाउन आँट्दा अरुले निर्देशन गर्न सक्दैन।’संविधानसभाले अन्तरिम संविधानमा आधारित भएर संविधान निर्माण गर्नुपर्ने बाध्यता नभएको भन्दै ओलीले अन्तरिम संविधानको धारा उलंघन गर्ने वा पालना गर्ने भन्ने सवाल उठाउने हो भने संविधानसभाकै आवश्यकता नपर्ने धारणा राखे। ओलीले सर्वोच्चको आदेशले संविधान बन्दैन कि भन्ने त्रास नपाल्न पनि आग्रह गरे। राष्ट्रपति डा. रामवरण यादवले दलका नेताहरुसँग गरेको परामर्श र संयमता अपनाउन गरेको आग्रहका विषयमा सोधिएको प्रश्नमा ओलीले भने–‘राष्ट्रपति सेरेमोनियल पद हो, राजनीति गर्ने पद होइन।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै