नेभिगेशन
अन्य

झापाबाट लागुऔषधसहित छ जना पक्राउ

सुरुङ्गा । लागुऔषध ब्राउनसुगर, कोरेक्स र नाइट्रोजनसहित छ जनालाई प्रहरीले झापाको लखनपुर–१ पाडाजुँगीबाट आज बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा लखनपुर–२ निवासी कर्णबहादुर दाहाल, सोही ठाउँ निवासी नेत्रबहादुर नेपाल, सञ्जीव अधिकारी, दीपक बगाले, खगेन्द्र राई र शिवसतासी नगरपालिका–७ निवासी डिल्ली बिमली रहेका छन् । उनीहरुलाई विशेष सूचनाका आधारमा क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय दमकको गस्ती टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । को १ च ३७९९ नंको मारुती भ्यान, मे ५ पे ४८२७ र मे २ प ७९२७ नंको मोटरसाइकलमा राखेर पश्चिमतर्फ लाँदै गर्दा छ ग्राम ब्राउनसुगर, ३९ बोतल कोरेक्स र १० पत्ता नाइट्रोजन ट्याब्लेट बरामद गरेको बताइएको छ । प्रहरीले उनीहरुको साथबाट नगद रु ५१ हजार चार सय १५ र छ वटा मोबाइल फोनसमेत बरामद भएको जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...