नेभिगेशन
अन्य

रौतहटको गैँडाटारमा झाडापखालाको प्रकोप

रौतहट । रौतहटको उत्तरी भेगमा केही दिनयता झाडापखालाको प्रकोप देखापरेको छ । जिल्लाको चन्द्रपुर नगरपालिका–२ स्थित गैँडाटारमा झाडापखालाका कारण पाँच बालबालिका बिरामी भएका छन् । हाल ती बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ । सो स्थानमा स्वच्छ खानेपानीको अभावमा यो वर्ष पनि झाडापखाला फैलिएको स्थानीय बासिन्दाले बताएका छन् । गर्मी बढेसँगै त्यहाँ खानेपानीको अभाव रहेकाले गर्त वर्ष झैँ यो वर्ष पनि झाडापखालाको महामारी फैलने हो कि भन्ने सङ्केत देखिएको स्थानीय युवा जितेन्द्र धामीले बताए । गत वर्ष सो स्थानमा झाडापखालाको प्रकोप फैलिँदा एकजनाको मृत्यु भएको थियो भने त्यहाँ स्थापना गरिएका स्वास्थ्य शिविरमा करिब दुई हजार सर्वसाधारणले उपचार गराएका थिए । यो वर्ष पनि ओभर हेड ट्याकीमार्फत पानी सुचारु गर्न नसकिएका कारण खानेपानीको समस्या रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हरि आचार्यले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...