नेभिगेशन
अन्य

गोर्खामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना, सबै सकुशल

काठमान्डौ । गोरखाको सानागाउँमा सोमबार बिहान सिम्रिक एयरको हेलिकप्टरमा आगलागी भएको छ । गोरखाका डीएसपी अर्जुन चन्दका अनुसार खानेपानी तथा सरफाई आयोजनाका लागि गएको हेलिकप्टरबाट यात्रु तथा पाइलट उत्रेलगत्तै आगलागी भएको हो । हेलिकोप्टरका पाइलट क्याप्टेन सुरेन्द्र पौडेलसहित पाँच यात्रु सकुशल रहेको सिम्रिक एयरको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। हेलिकोप्टर अवतरण गर्दा ढुंगा उछिट्टिएर पछाडिको भागमा लागेको र सामान्य क्षति भएको सिम्रिक एयरका सिफ्ट म्यानेजर डिबी वलीले जानकारी दिए । ‘अवतरण गर्दा सामान्य दुर्घटना भएको जानकारी आएको छ, सबै जना सकुशल हुनुहुन्छ,’ वलीले भने, ‘थप जानकारी आउने क्रममा छ ।’ उनले दुर्घटनास्थलमा प्राविधिक टोली पठाइसकेको र परीक्षणको काम भैरहेको जानकारी दिए । हेलिकोप्टरमा एक जना पाइलटसहित ४ जना सवार थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै