नेभिगेशन
अन्य

रामेछापमा चट्याङले एकको मृत्यु, दुई घाइते

रामेछाप । रामेछापको दोरम्बार टोकरपुर गाविसमा आइतबार साँझ परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चट्याङमा परी टोकरपुर– ४ का ७० वर्षीय सन्तबहादुर थापा मगरको मृत्यु भएको हो । स्थानीय खोलामा पानी फर्काउन गएका उनको एकै साथ चलेको हावा हुरी र चट्याङको कारण मृत्यु भएको प्रहरीले जनाएको छ । यसै गरी दोरम्बा गाविस – ८ ढोइगाउँमा सोही समयमा परेको चट्याङको कारण २ जना महिला गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ४० वर्षीया भक्तिमायाँ थापा मगर र १६ वर्षीया दीलमायाँ थापा मगर रहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै