नेभिगेशन
अन्य

ललितपुर केन्द्र बनाएर मध्यरातमा भुकम्पको धक्का

काठमाडौँ । राजधानीलाई केन्द्रबिन्दु बनाएर नेपालमा फेरि भूकम्प गएको छ । आइतबार मध्यराति १२ बजेर ३७ मिनेटमा लतिलपुरको झम्सिखेललाई नै केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । उपत्यकामा भूकम्पको केहीबेर धक्का महसुस गरिएको थियो । ललितपुरमै केन्द्रबिन्दु परेका कारण काठमाडौँमा ठूलै धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ । नजिकै केन्द्रबिन्दु भएका कारण पनि धक्का महसुस भएको केन्द्रले जनाएको छ । ललितपुरमै केन्द्रबिन्दु भएर भूकम्प गएको बैशाख १२ गतेपछि यो दोस्रो हो । आइतबार साँझ ७ बजेर २६ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टरको भूकम्प गएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै