नेभिगेशन
अन्य

ओलीको स्वास्थ्य सामान्य

काठमाडौं । नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्डको बैंककमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण भएको छ । त्यहाँस्थित बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा उनको परीक्षण गरिएको हो । अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य रहेको उनका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए। मिर्गौला प्रत्यारोपण गरिएका ओलीलाई पछिल्लो समयमा फङ्गल सङ्क्रमण पनि देखिएको थियो । यही असार २ गते उपचारका लागि गएका ओली यही ८ गते मध्याह्न स्वदेश फर्कने कार्यक्रम छ । उनी सिङ्गापुर हुँदै नेपाल आउने बुझिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...