नेभिगेशन
अन्य

सभामुखले भने–‘सर्वोच्चको आदेशले संविधान निर्माण एक सेकेन्ड पनि रोकिदैन’

पोखरा । सभामुख सुवास नेम्वाङले सर्वोच्च अदालतको आदेशले संविधान निर्माण प्रकृया एक सेकेण्ड पनि नरोकिने बताएका छन्। पोखरामा आयोजित विनाशकारी भूकम्प पश्चात् पर्यटन क्षेत्रको उत्थान, विकास एवं प्रबर्द्धनमा गरिनुपर्ने सुधारहरू विषयक कार्यशाला गोष्ठीमा सहभागी हुन पोखरा आएका सभामुखले सन्चारकर्मीसगँ कुरा गर्दै सविधान निमार्ण कार्य एक सेकेनड पनि नरोकिने बताएका हुन् । नेम्वाङले संविधान सभामार्फत संविधान बनाउनु जनताको चाहना भएको बताउँदै अदालतको आदेश लगायत कुनै पनि कुराले संविधान निर्माण अवरुद्ध नहुने स्पष्ट पारे। उनले भने, ‘संविधान सभाले दलहरुकै सहमतिमा आधारित भएरै संविधान निर्माण प्रकृया अगाडी बढ्छ, ।’ उनले अदालतको किन त्यस्तो आदेश आयो आफु अचम्ममा परेको बताए । सर्वोच्चको फैसलाले संविधान निर्माणमा कुनै असर नगर्ने सभामुख नेम्वाङको भनाई थियो । उनले अदालतको निर्णय एक तर्फ भएको बताउँदै सविधान निमार्णका काम नरोकिने बताए। जनताले कुनै पनि बाहनामा संविधानको प्रकृया नरोकियोस् भन्ने चाहेकोले संविधान सभाले काम अगाडि बढाएको बताए। उनले अदातले के आदेश दिएको छ भन्ने बारेमा आफुलाई कुनै जानकारी आइनसकेको बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै