नेभिगेशन
अन्य

पहिरोका कारण बिभिन्न राजमार्ग अबरुद्ध

काठमाडौं । भुकम्पले हल्लाएको जमिनसंगै बर्षात सुरु भएपछि पहिरोका कारण दिनहुँजसो राजमार्ग बन्द हुन थालेका छन् । सिन्धुपाल्चोक, तातोपानी– खासा सडकखण्डमा पर्ने भन्सार कार्यालय अगाडी खर्के खोलामा पहिरो गई बाटो अबरोध भएको छ । प्रहरीका अनुसार सो बाटो खुलाउने प्रयास भइरहेको छ । त्यस्तै काभ्रे, दोलालघाटबाट कात्तीके देउराली सडकखण्ड अबरोध भएको छ । यो सडक खण्डमा बैकल्पिक बाटो चौबास बाट यातायात सुचारु भएको प्रहरीले जनाएको छ । यसैगरि नुवाकोट–काठमाण्डौं सडक खण्ड को समुन्द्रदेवी–१ भन्ने स्थानमा पहिरोको कारण बाटो अबरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो बाटो समेत खुलाउने प्रयास जारी रहेको छ
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...