नेभिगेशन
अन्य

युवकको अपहरण गरी हत्या

भीमदत्तनगर । परिचित व्यक्तिले फोनबाट भेट गर्ने प्रस्ताव स्वीकार गर्दै हिँडेका कञ्चनपुर कृष्णपुर गाविस–७ सिंहपुरका घुम्मन चौधरी चार दिनपछि हत्या गरी फालिएको अवस्थामा भेटिएका छन् । गत बुधबार परिचित व्यक्तिले मध्यराति १२ बजे जरुरी काम छ भन्दै बोलाएपछि घर छाडेका ३५ वर्षीय चौधरी शनिबार साँझ कैलालीको गोदावरी पुलभन्दा पाँच किलोमिटरमाथि भूमिगत नालीमुनि हत्या गरी फालिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ । प्रहरीका अनुसार चौधरीले केही दिनअघि मात्रै रु १२ लाखमा जग्गा बिक्री गरेकाले जग्गा बिक्री गरेको रकम हात पार्न उनको अपहरण गरी हत्या गरेको हुन सक्छ । प्रहरीले घटनामा प्रयोग भएको मोबाइल फोनका मालिक कृष्णपुरकै परमानन्द भट्टलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक वासु अवस्थीले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...