नेभिगेशन
अन्य

अध्यादेशमार्फत प्राधिकरण गठनसम्बन्धी ऐन ल्याउन एमाले तयार

काठमाडौँ । भूकम्प पुनःनिर्माण प्राधिकरण तत्काल गठन गर्नुपर्छ भन्ने विषयमा प्रमुख सत्तारुढ दलबीच रहँदै आएको मतभेद सकारात्मक दिशातर्फ उन्मुख देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साझ नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुबीच भएको छलफलपछि परिस्थितिले सकारात्मक मोड लिएको बताइएको छ । नेपाली काँग्रेसले नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन अगावै प्राधिकरण गठनमा जोड दिएको छ भने नेकपा एमालेले व्यवस्थापिका–संसद्मा सो विषयमा छलफल गरेर कानुन तयार भएपछि मात्रै गठन गर्न उपयुक्त हुने तर्क गर्दै आएको छ । दुई दलको साँझ भएको छलफलपछि राससको जिज्ञासामा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले तत्कालै आध्यादेशमार्फत प्राधिकरण गठनसम्बन्धी ऐन ल्याउनु पर्छ भन्ने विषयमा सत्तारुढ दलबीच निकटता देखिएको प्रतिक्रिया दिए । यसअघि दिउँसो प्राधिकरण गठनको विषयमा केन्द्रित रहेर प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख चार दलबीच भएको छलफलबाट निष्कर्ष निस्कन सकेको थिएन । बैठकमा प्राधिकरण कस्तो बनाउने, नेतृत्व कसले गर्ने र कहिले गठन गर्ने भन्नेमा पनि केही मत भिन्नता रहेको छ । छलफलमा काँग्रेसले यही असार १० गते हुन लागेको नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन अगावै प्राधिकरण गठन गरेर अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिनुपर्नेमा जोड दिँदै आएको छ । राजनीतिक निर्णयका आधारमा घोषणा गरिने भएपनि प्राधिकरण गठनसम्बन्धी हालसम्म तयार भएका मस्यौदाका बारेमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल र मुख्यसचिव लीलामणि पौड्यालले सो मस्यौदा प्रतिवेदनको अध्ययन गरी अन्तिम स्वरुप दिने काममा जुटिरहेको बुझिएको छ । बालुवाटारमा साँझ भएको छलफलमा एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतम, स्थायी समिति सदस्य शङ्कर पोखरेल सहभागी थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै