नेभिगेशन
अन्य

रूकुम केन्द्रबिन्दु बनाएर ५. ४ रेक्टर स्केलको भूकम्प

काठमाडौं । रूकुमलाई केन्द्रबिन्दु बनाएर ५. ४ रेक्टर स्केलको भूकम्प गएको छ। साँझ ६ बजेर ८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार रूकुमको राम्सी र कोलको उत्तरतिर केन्द्रबिन्दु भएर गएको हो।सो भूकम्पको धक्का राजधानीसम्म पनि महशुस गरिएको थियो। यो भूकम्प गत बैशाख १२ गते गएको भूकम्पको पराकम्पन भने होइन । गोरखा भूकम्पपछि नेपालको पश्चिम भागमा गएको यो तेस्रो भूकम्प हो । यसअघि हुम्लामा २ पटकसम्म भूकम्प गएको थियो । यसअघि आज बिहान २ बजेर ४० मिनेटमा गोरखा र धादिङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै