नेभिगेशन
अन्य

संविधानको मस्यौदा लेखन नरोक्न कृष्ण सिटौलाको रुलिङ

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पनि नयाँ संविधानको मस्यौदा लेखन रोकिएन । मस्यौदा समितिको शनिबारको बैठकमा सदभावनाका सभासद नरसिंह चौधरीले संविधानको मस्यौदा लेखन रोक्न माग गरेका थिए । सर्वोच्च अदालतले अन्तरिम संविधानको १, ८२ र १३८ विपरित काम नगर्न अन्तरिम आदेश आएको भन्दै उनले प्रदेशहरुको नामांकन र सीमांकन विनाको संविधान निर्माण गर्नु आदेश विपरित हुने बताए । सर्वोच्चले शुक्रबार अन्तरिम संविधानको धारा १, ८२ र १३८ विपरित काम नगर्न अन्तरिम आदेश दिँदै चार दलबीच भएको १६ बुँदे सहमति कार्यान्वयमा रोक लगाएको थियो । तर, मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले नयाँ संविधानको मस्यौदा लेखन कार्यलाई निरन्तरता दिने रुलिङ्ग गरेका छन् । सभापतिको रुलिङपछि सदभावनाका सभासद चौधरीले सर्वोच्चको आदेशलाई सम्मान गर्नु पर्ने भन्दै मस्यौदा समितिको वैठक बहिस्कार गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै