नेभिगेशन
अन्य

पुनर्निर्माण प्राधिकरण गठनमा एमालेको अड्को

काठमाडौ । नेकपा एमालेले बजेट अधिवेशन आउनै लागेका बेला व्यवस्थापिका संसदलाई छलेर पुनर्निर्माण प्राधिकरण गठन सम्बन्धी अध्यादेश ल्याउन नहुने ठहर गरेको छ । सरकारले दाता सम्मेलन अगावै पुर्ननिर्माण प्रधिकरण गरेर दाताहरुको बिश्वास जित्ने तयारी गरिरहेका बेलामा सत्तारुढ एमालेले अड्को थापेको हो । उपप्रधानमन्त्री समेत रहेका कार्यवाहक अध्यक्ष बामदेव गौतमको सरकारी निवास पुल्चोकमा बसेको बैठकले संसदलाई छलेर अध्यादेश ल्याउनुभन्दा संसद अधिवेशन पर्खिनु उपयुक्त हुने निष्कर्ष निकालेको हो । भूकम्पले ध्वस्त पारेका संरचना पुनर्निर्माणका लागि सरकारले असार १० गतेको दाता सम्मेलन अघि नै अधिकार सम्पन्न प्राधिकरण गठन गर्न खोजेको छ । तर, एमाले र एमाओवादी त्यसको विपक्षमा छन् । एमालेले संविधान जारी भएपछि प्रधानमन्त्री बन्नका लागि आफुलाई सहयोग गर्ने र संसदको मताहतमा राखेर एमाओवादी नेता डा बाबुराम भट्टराईलाई प्राधिकरणको जिम्मा दिने तयारीका साथ अहिले प्राधिकरण गठनमा अड्को थापेको बताइएको छ । संसदबाटै त्यस्तो प्राधिकरण गठन गर्नु उपयुक्त हुने बारेमा पार्टीको बैठकमा छलफल भएको एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले बताए । ‘संसदमै छलफलल गरेर कस्तो प्राधिकरण बनाउने भन्ने टुंगो लगाउनु उपयुक्त हुन्छ भन्ने नेताहरुको धारणा आयो’ गुरुङले भने । बैठकमा बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल लगायतले सुझाव दिएका थिए । चार दल बैठकमा पनिक कांग्रेसले दाता सम्मेलन अघिनै प्राधिकरण गठन गर्दा त्यसको प्रभावकारिता हुने अडान राखेको छ भने एमाले र एमाओवादीले संसदमा छलफल हुनुपर्ने बताएका छन् । यसका लागि अविलम्ब संसद अधिवेशन आहृवान गरेर संक्षिप्त कार्य्विधि अवलम्बन गरी प्राधीकरण लगायतका बिषय टुङ्गो लगाउनु पर्ने बैठकले राय दिएको छ । भूकम्पपछिको पुनर्निर्माण सर्वोच्च प्राथमिकताको राष्ट्रिय एजेण्डा र आम सरोकारको बिषय भएकाले यस बिषयमा सरकारले सबै पक्षसँग छलफल गरी साझा धारणा बनाउनु आवश्यक भएको तर्फ पनि एमाले बैठकले ध्यानाकर्षण गराएको छ । यसैबीच एमालेले सर्वोच्च अदालतको पछिल्लो आदेशविरुद्ध न्यायिक पुनरावलोकनमा जान सरकारलाई सुझाव दिएको छ । यसअघि चार दलको बैठकले गरेको निर्णयलाई एमाले बैठकले अनुमोदन गरेको छ । एमाले बैठकले सर्बोच्चको पछिल्लो अदोशले संविधान निर्माण गर्ने सार्वभौम संविधानसभाको विशेषाधिकारलाई कुण्ठित गर्न खोजेको, अस्थिरता एवं अन्यौललाई बढावा दिन खोजेको निष्कर्ष निकालेको सचिवालय सचिव प्रदिप ज्ञवालीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ–‘संविधान निर्माणको प्रक्रिया संविधानसभाको क्षेत्राधिकारको बिषय भएकाले यसलाई कसैले चुनौती दिन नसक्ने ठहर गर्दै बैठकले संविधानसभालाई मस्यौदा लेखनको काम पूर्ववत् र अझ तीव्र रफ्तारमा अगाडि बढाउन तथा द्रूत प्रक्रियाबाट संविधान जारी गर्ने दिशामा अगाडि बढ्न बैठकले आग्रह गरेको छ ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै