नेभिगेशन
अन्य

संविधानको मस्यौदामा देखिएको विवाद मिलाउन कार्यदलमा आजदेखि छलफल

काठमाडौ । संविधानसभाको मस्यौदा समिति अन्तरगतको संविधान मस्यौदा तयार गर्न बनेको कार्यदलले आजदेखि विवाद समाधानका विषयमा छलफल सुरु गर्ने भएको छ । नयाँ संविधानका बाँकी विवाद मिलाउने जिम्मेवारी समितिका सभापति कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदललाई दिएपनि आजदेखि त्यो कार्यदलले काम थाल्नेछ । समितिअन्तर्गत गठित ५ उपसमितिले संविधानका प्रस्तावना, संक्रमणकालीन व्यवस्था, संविधान संशोधन, महाभियोग प्रस्ताव समिति, संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्तिलगायत बाँकी विवाद समितिको पूर्ण बैठकबाटै निरूपण गर्नेगरी प्रतिवेदन पेस गरेका थिए । ती प्रतिवेदनमाथि दिनभरि भएको छलफलले विवाद समाधान गर्न नसकेपछि सभापति सिटौला नेतृत्वको कार्यदललाई दिने निर्णय भएको हो । कार्यदलमा पाँच उपसमितिका सभापति सदस्य छन् । कार्यदलले विवाद निरूपण र मस्यौदा एकीकरणको काम असार ७ को समयभित्र सक्ने म्यान्डेट पाएको छ । आज बिहान ११ बजेपछि कार्यदलले छलफल थाल्ने संसद सचिवालयले जनाएको छ । नागरिकता सम्बन्धी विवादमा भने एकै दलका सभासदबीच पनि फरक–फरक प्रस्ताव र अडान छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै