नेभिगेशन
अन्य

एसएलसीको रिजल्ट निकाल्न भोलि परिक्षा बोर्ड बस्दै

काठमाडौ । गत चैतमा भएको प्रवेशिका परीक्षा एसएलसीको नतिजा भोली सार्वजानिक गर्ने तयारी थालिएको छ । नजिता प्रकाशनको लागि परिक्षा नियन्त्रण कार्यालय परीक्षा बोर्डको बैठक भोलीका लागि बोलाइएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले असार ४ गते नतिजा प्रकाशन गर्ने तयारी भएको बताए । प्राविधिक तर्फको एसएलसी परीक्षाको नतिजा प्रकाशन गर्न भने अझै केही समय लाग्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । प्राविधिक तर्फ भने ग्रेडिङ प्रणाली लागू गरिने भएको छ । ग्रेडिङ प्रणाली अनुसार एक प्लसदेखि ईसम्मको ग्रेड उल्लेख गरिने जनाइएको छ । चैतमा भएको एसएलसी परीक्षामा नियमित तर्फ चार लाख २६ हजार दुई सय १४ जना परीक्षार्थी सहभागी थिए भने एक्जाम्टेड तर्फ एक लाख ५४ हजार एक सय ८३ तथा प्राविधिक तर्फ तीन हजार दुई सय ८८ परीक्षार्थी सहभागी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै