नेभिगेशन
अन्य

पाँचवटै उपसमितिका प्रतिवेदन कार्यदलमा पठाउने निर्णय

काठमाडौं । संविधान मस्यौदा समितिको आजको बैठकले पाँचवटै उपसमितिका प्रतिवेदन संविधानको एकीकृत मस्यौदाका लागि संविधान मस्यौदा एकीकृत कार्यदलमा पठाउने निर्णय गरेको छ । उक्त कार्यदलमा समितिका सभापति कृष्णप्रसाद सिटौला सदस्यहरु भरत मोहन अधिकारी, रमेश लेखक, जीतेन्द्रनारायण देव र अइन्द्रसुन्दर नेम्वाङ रहेका छन् । संविधान मस्यौदा समितिले प्रमुख चार दलबीच भएको १६ बुँदे सहमति अनुरूप मस्यौदा प्रतिवेदन पेश गर्न ती उपसमितिलाई निर्देशन दिएको थियो । उपसमितिका प्रतिवेदनमा केन्द्रित रहेर सभासद्हरुले वैठकमा व्यापक छलफल गरेका थिए । वैठकपछि समितिका सभापति सिटौलाले पाँचवटै उपसमितिले आ–आफनो प्रतिवेदन पेस गरेको तथा प्रतिवेदनमाथिको छलफल आजै टुङ्गिएकाले यही असार ७ गते बस्ने समितिको वैठकमा एकीकृत मस्यौदा निर्माण गरी पेस गर्न उपसमितिको प्रतिवेदन एकीकृत कार्यदलमा पठाउने निर्णय भएको जानकारी दिए । कार्यदलले एकीकृत मस्यौदा तयार गरेपछि समितिमा संविधानको भाग, धारा, उपधारा, प्रस्तावनालगायतका विषयमा विस्तृतरुपमा छलफल हुने उहाँले बताउनुभयो । त्यसपछि प्रारम्भिक मस्यौदा टुङगोमा पुग्ने छ । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले फरक मतसहित पठाएको १६ बुँदे सहमतिलाई संविधानसभाको पूर्ण बैठकले पारित गर्दै मस्यौदाका लागि समितिमा पठाएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै