नेभिगेशन
अन्य

आज बिहानै चार भुकम्पका धक्का, सिन्धुपाल्चोक केन्द्र बनाएर ५.१ को पराकम्प

काठमाडौं । सिन्धुपाल्चोकलाई केन्द्र विन्दु बनाएर ५.१ रेक्टरस्केलको पराकम्पन गएको छ । बिहान ८ बजे सिन्धुपाल्चोक र तिब्बतीबीचको भूभागलाई केन्द्र बनाएर ५.१ रेक्टरस्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बुधबार मात्रै चार पटक भूकम्पका पराकम्पन गएका छन् । त्यसमध्ये तीन पटक सिन्धुपाल्चोकलाई केन्द्र विन्दु बनाएर कम्पन भएको केन्द्रले जनाएको छ । बिहान ५ बजेर ५८ मिनेट जाँदा काठमाडौंको कीर्तिपुरलाई केन्द्र विन्दु बनाएर ४.४ रेक्टरस्केलको पराकम्पन गएको छ । त्यस्तै ६ बजेर १४ मीनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ५.२ रेक्टरस्केलको तथा सिन्धुपाल्चोकलाई नै केन्द्र बनाएर ६ बजेर २६ मिनेटमा ४ रेक्टरस्केलको पराकम्पन गएको केन्द्रले जनाएको छ । यसअघि मंगलबार राति नौ बजेर ५६ मीनेटमा दोलखालाई केन्द्र विन्दु बनाएर ४.१ म्याग्निच्यूटको पराकम्पन गएको थियो । गत वैशाख १२ गते गएको भूकम्पपछि त्यसका पराकम्पन आउनेक्रम जारी छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै