नेभिगेशन
अन्य

काठमाडौं र सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्पका तीन धक्का

काठमाडौं । आज बिहान आधा घण्टाको बीचमा भूकम्पका तीन धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौं र सिन्धुपाल्चोकलाई केन्द्र विन्दु बनाएर तीन भूकम्पका पराकम्पन गएका हुन् । बिहान ५ बजेर ५८ मीनेट जाँदा काठमाडौंको कीर्तिपुरलाई केन्द्र विन्दु बनाएर ४.४ रेक्टरस्केलको पराकम्पन गएको छ । त्यस्तै ६ बजेर १४ मीनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ५.२ रेक्टरस्केलको र सिन्धुपाल्चोकलाई नै केन्द्र बनाएर ६ बजेर २६ मीनेटमा ४ म्याग्निच्यूको पराकम्पन गएको केन्द्रले जनाएको छ । यसअघि मंगलबार राति नौ बजेर ५६ मीनेटमा दोलखालाई केन्द्र विन्दु बनाएर ४.१ म्याग्निच्यूटको पराकम्पन गएको थियो । गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि पराकम्पन आउने क्रम जारी रहेको छ । यो क्रम अझै केही समय जारी रहने भूकम्प विदहरुको भनाइ छ । पराकम्पन आउनेक्रम पहिले भन्दा पातलिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै