नेभिगेशन
अन्य

योगगुरु रामदेवले भारत लैजान लागेका भूकम्प पीडित बालबालिकालाई गृहले रोक्यो

काठमाडौं । रामदेव पतञ्जली योगपीठ बनेपाले भूकम्पपछि संकटमा परेका बालबालिकालाई उद्धार गरी संरक्षण र शिक्षाका लागि भारतको हरिद्वारस्थित स्वामी रामदेवको आश्रम लैजान लागेको थाहा पाएपछि जिल्ला प्रहरी काभ्रेले हस्तक्षेप गरेको छ। प्रहरी हस्तक्षेपपछि योगपीठबाट मुक्त गरिएका ती बालबालिकालाई महिला तथा बालबालिका मन्त्रालयका प्रतिनिधि, प्रहरी र जिल्ला वाल कल्याण समितिको रोहवरमा जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार अभिभावकको जिम्मा लगाउँदै छ। काभ्रेका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले पतञ्जली योगपीठ बनेपाको पहलमा वैसाख १२ गते र वैसाख २९ गतेको महाभूकम्पपछि संकटमा परेका बालबालिकालाई विभिन्न स्थानबाट संकलन गरी आफनो शिविरमा आश्रय दिएको जानकारी दिएका छन्। योगपीठले झण्डै २५ जना बालबालिकालाई संरक्षण दिएको थियो। ‘ती बालबालिकालाई मंगलबार जिल्लामा रहेका बालबालिकासँग सम्बन्धित निकायको रोहवरमा बालबालिकाका अभिभावकलाई बुझाउने प्रक्रिया सुरु गरिएको छ’, प्रमुख जिल्ला अधिकारी ढकालले बताए। प्रमुख जिल्ला अधिकारी ढकालले पतञ्जली योगपीठले गलत मनसायले यो काम गर्न नलागेको स्पष्ट पारे। स्वामी रामदेवले भूकम्पपीडित ५ सय बालबालिकालाई भारतमा लगेर शिक्षा र संरक्षण दिने घोषणा गरेका थिए। रामदेवको उक्त घोषणापछि वनेपास्थित रामदेव पतञ्जली योगपीठले बालबालिका संकलन र संरक्षणको काम थालेको थियो। पतञ्जली योगपीठ बनेपाको पहलमा संकटमा परेका बालबालिकालाई संरक्षण र शिक्षा प्रदान गर्ने उद्धेश्यले रामदेव बाबाको आश्रम हरिद्वार लैजान लागेको थाहा पाएपछि सो कुरा सोमबार गृह मन्त्रालयसम्म आई पुगेको थियो। बालबालिकालाई भारत लैजान दिन नेपालमा रामदेवसँग नजिक भएका राजनीतिक र व्यवसायिक व्यक्तिहरुले गृह मन्त्रालयमा लबिङ गरेका थिए। सो बिषयमा निर्णय गर्न सोमबार दिउँसो ४ वजे गृह मन्त्रालयमा शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुख सहसचिव लक्ष्मीप्रसाद ढकालको कार्यकक्षमा विभिन्न निकायका पदाधिकारीलाई बोलाई छलफल गरिएको थियो । गृहका प्रवक्ता समेत रहेका सहसचिव ढकालले भूकम्पको जोखिममा परेका बालबालिकालाई कुनै पनि बहानामा जिल्ला कटाउन पाइदैन भन्ने कडा अडान राखेपछि स्थितिले अर्को मोड लिएको थियो। बैठकमा महिला तथा बालबालिका मन्त्रालयका सहसचिव राधिका ढकाल, केन्द्रीय बालकल्याण समितिका प्रमुख तारक धिताल, गृह मन्त्रायका कानुन हेर्ने सहसचिव धनराज ज्ञवाली लगायत प्रहरीका प्रतिनिधि उपस्थित थिए। बैठकले अन्त्यमा भूकम्पको प्रकोपमा परेका बालबालिको जोखिमपूर्ण रहेको भएपनि अभिभावक विना कसैलाई पनि जिल्लाको सीमानासम्म कटाउन नपाईने निर्णय गर्‍यो। गृहको अभिभावक विहिन कुनै पनि बालबालिकालाई जिल्लाको सीमाना कटाउन नपाउने भन्ने स्पष्ट निर्देशनपछि सोमबार नै जिल्ला प्रहरी कार्यालय काभ्रेले हस्तक्षेप गर्दै योगपीठमा भएका बालबालिकाको उद्धार गरिएको थियो। काभ्रे प्रहरी प्रमुख एसपी पूजा सिंहले भनिन, ‘पतञ्जली योगपीठमा बालबालिका भेला पारेको जानकारी पाएपछि आफूहरुले हस्तक्षेप गरी अभिभावकलाई बुझाउन पहल शुरु गरेका छौं।’ सरकारी स्वीकृत वेगर कुनै पनि व्यक्ति या संस्थाले बालबालिकालाई बाहिर लैजान नपाउने व्यवस्था छ। सरकारको निर्देशनमा गोरखाको लो भन्ने स्थानमा एउटा गुम्बाबाट झण्डै १ सय ५० जना बालबालिकालाई उद्धार गरी काठमाडौंको थानकोटस्थित एउटा आश्रयस्थलमा राखिएको छ। उनीहरुको संरक्षणको चूनौती पनि आएको कुरा गृहका सहसचिव धनराज ज्ञवालीले बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै