नेभिगेशन
अन्य

चार दलको १६ बुँदे सहमतिको विवाद सर्वोच्च अदालतमा

काठमाडौं । चार दलले बालुवाटारमा गरेको १६ बुँदे सहमति अन्तररिम संविधानको मर्म र भावना विपरीत भएको भन्दै त्यसका केही प्रावधानलाई खारेज गराउन केही वकिलहरु सर्वोच्च अदालतमा पुगेका छन् । पूर्वराजदूतसमेत रहेका विजयकान्त कर्ण र कपिलवस्तु निवासी रक्षाराम हरिजनले शुक्रबार दायर गरेको रिट सर्वोच्च अदालतका निमित्त रजिष्ट्रार श्रीकान्त पौडेलले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरिदिएका छन् । ‘संवैधानिक र कानूनी प्रश्न बाहेकका अस्पष्ट किसिमका रीट निवेदन दायर गर्न ल्याएमा दरपीठ हुने’ भन्दै पौडेलले फर्काइदिएका हुन् । पौडेलले रीट दायर गर्न नमानेपछि कर्णले आइतबार दरपीठ आदेशविरुद्ध अर्को निवेदन दिएका छन् । अदालतले सोमबार यसबारे छलफल गर्ने भने पनि कम्प्युटरमा गडबढी आएको भन्दै स्थगन गरेको अधिवक्ता कर्णले बताए । कर्णले आफ्नो रीट निवेदनमा १६ बुँदे सहमतिका १, २, ३, ५ र १३ नम्बरका बुँदाहरु गैरसंवैधानिक भएको भन्दै खारेज गर्न माग गरेका छन् । चार दलवीच जेठ २५ गते बालुवाटारमा भएको १६ बुँदे सहमतिबारे केही मधेसी नेताहरुले राष्ट्रपति डा. रामवरण यादवको ध्यानाकर्षण गराइसकेका छन् । मधेसवादी नेतालाई आश्वस्त पार्दै राष्ट्रपतिले यसको संवैधानिकताबारे अध्ययन गर्ने बताएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै