नेभिगेशन
अन्य

घुम्न आएका पर्यटक भूकम्पपीडितका टहरा बनाउँदै

धादिङ । धादिङको कुम्पुर गाविसको पिप्ले जहाँ सुन्दर बस्ती भग्नावशेषमा परिणत भएको देखेपछि अमेरिकाबाट नेपाल घुम्न आएका पर्यटक भेन्कल ट्रोभेलेङ म्याटले भुकम्प पिडितका लागि टहरा निर्माण अभियानमा जुटे । उनले भुकम्पका कारण परेको विपत्ति देखेपछि सहयोग गर्नका लागि उनी तयार भए । आफूले गर्ने सहयोगले कसैको घरबार राम्रो हुन्छ भने किन नगर्ने भन्ने उनको सोचाइले गर्दा सहयोग गर्न दिनरात खटिएर अस्थाई आवासका लागि टहरा बनाईदिए । म्याटमात्र होइन नेपाल घुम्न आएका अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, स्विट्जरल्यान्ड, क्यानडालगायतका नागरिक भूकम्पपीडितका लागि टहरा निर्माणको सहयोगमा जुटेका हुन् । स्विट्जरल्यान्डका नागरिक केइच हेन्वचले भने, ‘पर्यटकको रुपमा नेपाल घुम्न आएको भए पनि वैशाख १२ को भूकम्पले नेपालीलाई दुःख दियो । त्यो दुःखमा शारिरिक रुपमा भए पनि सहयोग गर्न पाउँदा धेरै खुसी लागेको छ ।’ मध्य जेठको हपहपी गर्मीमा पसिनाले निथु्रक भिजेको कपडा पनि उनिहरुको ठाउँ–ठाउँमा च्यातिसकेको छ । तर पसिना चुहिरहेका अवस्थामा पनि गर्मीको कुनै परवाह नगरी हातमा गल, घन र किला ठोक्ने औजार लिएर केही विदेशी अनुहार भूकम्पले क्षतिग्रस्त बनाएको पिप्लेमा भत्किएको बस्तीमा अस्थायी टहरा बनाइरहेका छन् । नेपाल घुम्न आएका विभिन्न मुलुकका विदेशी नागरिक मिलेर एक सातामा कुम्पुर गाविसको चेपाङ र घले समुदायको बसोबास रहेको स्याँखुटार, आँपटार, कोदार, कामराङ र पिप्लेमा गरी ४६५ वटाभन्दा बढी अस्थायी आवास बनाइसकेका छन् । विदेशीहरुको मेहनत देखेपछि गाउँलेहरु पनि उनीहरुका साथ लागेर काम गरिरहेका छन् । विदेशी पाहुनाको साथमा स्थानीयहरुसमेत गरी १०० जना सँगै काम गरिरहेका छन् । कुम्पुर गाविसमा रहेका दुई हजार ६२३ घरमध्ये दुई हजार ५८९ घर पूर्णरुपमा क्षति भएको छ भने दुई हजार ५०० शौचालयमध्ये दुई हजार ४०० शौचालयसमेत पूर्णरुपमा क्षति पुगेको कुम्पुर गाविसका पूर्व अध्यक्ष रंग थपलियाले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै