नेभिगेशन
अन्य

अर्नाको आक्रमणबाट झापामा एकको मृत्यु ३ घाइते

झापा । अर्नाको आक्रमणबाट आज बिहान झापामा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । बिहान सवा ६ बजे जंगलबाट आएको अर्नाको आक्रमणमा परी गम्भीर घाइते भएका विर्तामोड ९ का गोले सतारको उपचारका क्रममा मृत्यु भएको छ । उनको बिहान साढे आठ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । अर्नाको आक्रमणबाट तीन जना घाइते भएका छन् । विर्तामोड ९ का केरकेरु राजवंशी पेटमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै घाइते घाइते भएका विर्तामोड ९ कै ७० वर्षकी ललिता राजवंशी, उनकी छोरी पूणिर्मा राजवंशी विर्तामोर्डस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा अहिले अर्नालाई जंगलतर्फ नै भगाउने प्रयास भईरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । अर्ना सैनिक मोडको दक्षिणतर्फको चिया बगानमा रहेको स्थानीयले बताएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...