नेभिगेशन
अन्य

१५ दिनको शुल्क मिनाह, विद्यार्थी आन्दोलन फिर्ता

काठमान्डौं । एक महिनाको शुल्क मिनाहाको माग गर्दै आन्दोलन घोषणा गरेका १३ विद्यार्थी संगठनहरुले आन्दोलन फिर्ता लिएका छन् । गत वैशाख १३ देखि यही जेठ १४ गतेसम्मको समग्र मासिक शुल्कको ५० प्रतिशत छुट दिने निर्णय कार्यान्वयन गर्न आइतबार शिक्षा मन्त्रालयले विज्ञप्ति निकालेर विद्यालय सन्चालकहरुलाई निर्देशन दिएलगत्तै विद्यार्थीहरुले आन्दोलन फिर्ता लिएका हुन् । अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले आइतबारदेखि नै आन्दोलन फिर्ता लिएको अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘क्रियात्मक आन्दोलन फिर्ता लिएका छौं, सहमति कार्यान्वयनका लागि दवावमुलक कार्यक्रम भने जारी हुन्छ ।’ यसअघि निजी विद्यालय सन्चालकहरुले बिभिन्न शिर्षकहरुमा छुट दिने र त्यो छुट ५० प्रतिशत मिनाहा गरेको सरह हुने भन्दै आएका थिए । तर, विद्यार्थी नेताहरुले एक महिनाको शुल्क शतप्रतिशत मिनाहा गर्न माग गर्दै आएका थिए । क्रान्तिकारीका अध्यक्ष मल्लले आफूहरुले राखेका माग आंशिक सम्वोधन भएकाले आन्दोलन फिर्ता लिइएको बताए । आइतबार विहान माग सम्वोधनको लागि ध्यानाकर्षण पत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका विद्यार्थी नेताहरुलाई प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलन फिर्ता लिन अनुरोध गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै