नेभिगेशन
अन्य

रानीबारी हत्याकाण्ड छानविनमा संलग्न प्रहरी नगदसहित सम्मान

काठमाडौं । रानीबारी हत्याकाण्डको सफल छानविन गर्ने प्रहरी अधिकारीहरु नगदसहित सम्मानित भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले एक डीआइजी, एक डीएसपी र दुईजना प्रहरी इन्स्पेक्टरलाई नगदसहित सम्मान गरेको हो । सम्मानित हुनेमा रानीबारी हत्या अनुसन्धानमा संलग्न डीआइजी हेमन्त मल्ल ठकुरीलाई ३० हजार नगदसहित सम्मान गरेको छ । त्यसैगरी डीएसपी भीमबहादुर दहाल २५ हजार नगदसहित सम्मानित भएका छन् भने प्रहरी निरीक्षकद्वय महेश बस्नेत र दिपेन्द्र अधिकारीलाई २२÷२२ हजार रुपैयाँसहित सम्मान गर्ने सरकारले निर्णय गरेको छ । विभत्स हत्याको घटना भएको १२ वर्षपछि प्रहरीको टोलीले यो काण्डका दोषीहरुलाई पक्रन सफल भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...