नेभिगेशन
अन्य

पूर्वी नेपालबाट मनसुन प्रवेश, केही दिन ठूलो पानी पर्ने सम्भावना

काठमाडौं । शनिबारदेखि नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि मनसुनको सामन्य संकेतहरु देखिएको जानकारी दिएको छ। नेपालमा सामन्यतया अंग्रेजी जुन महिनाको १० तारेखबाट मनसुन सुरु हुने मानिन्छ। यसवर्ष तीन दिन ढिला गरी मनसुन सुरु भएको हो। बंगालको खाडी हुँदै पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन केही दिनभित्र पश्चिम क्षेत्रतर्फ विस्तार हुँदै जानेछ। विभागले शनिबार सूचनामार्फत अब केही दिनभित्र देशका सबै क्षेत्रमा मनसुन फैलने बताएको छ। मनसुन सुरु भएपछि धेरै वर्षा हुन्छ। अहिले पोखरा वरपरका आकाशमा भने मेघ गर्जन सहित पानी पार्ने वादल रहेको छ। यो वादल क्रमश पूर्वी क्षेत्रतर्फ सर्ने बिभागले जनाएको छ। यो वादलले भारी वर्षा गराउन सक्ने र त्यसबाट पूर्वी तथा मध्य क्षेत्रमा बाढी र पहिरोको खतरा बढाउने विभागले जनाएको छ। भूकम्पका कारण धाँजा फाटेर र चिरा परेर मध्य र पूर्वी क्षेत्रको जमिन कमजोर भएकाले वर्षाका कारण भासिन सक्ने र बाढी र पहिरोको खतरा बढ्ने बिभागको भनाई छ। वितेको २४ घण्टामा नेपालका धेरैजसो क्षेत्रमा वर्षा भएको छ। भैरहवा, पोखरा, दाङ, जिरी काठमाडौं लगायतका क्षेत्रमा ठूलो वर्षा भएको छ भने अन्य क्षेत्रमा छिटपुट वर्षा भएको छ। मनसुन सुरु भएपछि नेपालमा धान रोपाइँ सुरु हुन्छ। धेरै पानी चाहिने भएकाले किसानहरु रोपाइँका लागि मनसुनको प्रतिक्षा गर्छन्। धेरै खेतहरुमा सिञ्चाईको सुविधा नभएकाले आकाशे पानीमा भर पर्नुपर्ने नेपाली किसानको बाध्यता रहेको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै