नेभिगेशन
अन्य

१६ बुदे सहमतिप्रति असन्तुष्ट पाँच दल बालुवाटारमा

काठमाडौ । १६ बुदे सहमतिप्रति असन्तुष्ट पाँच दल बालुवाटार पुगेका छन् । बिहान राष्ट्रपति रामवरण यादवलाई ज्ञापनपत्र दिन पुगेका उनीहरुलाई प्रधानमन्त्री सुशील कोइरालाले पाँच बजेका लागि भेट्न आमन्त्रण गरेअनुसार उनीहरु बालुवाटार पुगेका छन् । उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल, अशोक राई नेतृत्वको संघीय समाजवादी, राजेन्द्र महतोको सद्भावना, महन्थ ठाकुरको तमलोपा, महेन्द्र यादवको मधेस राष्ट्रिय समाजवादी पार्टी बालुवाटार पुगेका हुन् । ‘अब प्रधानमन्त्रीले नै बोलाइसकेपछि नाइँ भन्ने कुरै भएन,ु संघीय समाजवादी अध्यक्ष अशोक राईले भने, ‘सहमति सच्याउन र संविधानसभाको प्रक्रिया सच्याउन माग गर्नेछौं ।’ उनका अनुसार बालुवाटार पुग्नेमा पाचै दलका शीर्ष नेताहरु छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...