नेभिगेशन
अन्य

काठमाडौंको तारेभिरमा पहिरोः ७० घरपरिवार जोखिममा

काठमाडौँ । काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका– ७ तारेभिरमा आज बिहान १०ः२० बजेदेखि पहिरो जान थालेको छ । पहिराका कारण ७० घर जोखिममा परेको स्थानीयवासीले जनाएका छन् । ‘ठूला ढुङ्गा खसेर पहिरो जान थालेपछि घरमा बस्न नसकिने अवस्था भएको छ, भूकम्पले एक महिना जति घर बाहिर बारीमा बसियो, पहिरोले बारीमा पनि बस्न नसकिने अवस्था आएको छ’ – स्थानीयवासी सम्पूर्ण लामाले भने । पहिरो गएको खबर पाउनासाथ सभासद् रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिका कार्यकारी अधिकृत रामचन्द्र तिवारी एवम् राजनीतिक दलका नेता कार्यकर्ता अवलोकनका लागि तारेभिर पुगेका थिए । । त्रसित स्थानीवासीले बस्ती सार्ने पहल गरिदिन अनुरोध गरेको सभासद् फुयाँलले जानकारी दिए । ‘जोखिममा रहेको ७० घरपरिवारलाई गोठसल्लाघारी वनमा राख्ने पहल गर्दैछौँ, संयोगले मानवीय क्षति नभए पनि अवस्था गम्भीर भएकाले नगरपालिका र राजनीतिक दलका नेताको आकस्मिक बैठकले बस्ती सार्ने निर्णय गरेका हौँ’ – सरकारले गठन गरेको बस्ती स्थानान्तरण समितिको संयोजकसमेत रहनुभएका सभासद् फुयाँलले भने । नेपाली काँग्रेस ३ नं क्षेत्रका सचिव एवम् स्थानीयवासी श्रीकृष्ण ज्योति स्थानान्तरण गरिने घरपरिवारका मानिसलाई राहतसहित बस्ने खाने व्यवस्था गर्न सरकारसँग माग गरिएको बताए । ‘पहिरो गएको स्थानमा डरलाग्दो दृश्य देखिएकाले भौगर्भिक अध्ययनका लागि खानी तथा भूगर्भ विभागलाई छिटो अध्ययन गर्न आजै खबर गरेका छौँ, ठूला धाँजा फाटेको र दैनिक वर्षा हुन थालेकाले वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था छ’ उनले भने । वैशाख १२ गतेको भूकम्पका दिन सामान्य पहिरो गए पनि धाँजा फाटेका स्थानमा शुक्रबार रातिको वर्षाले पहिरो गएको हुन सक्ने स्थानीयवासीले बताएका छन् । पहिरो बढ्दै गएमा नगरपालिकाका ७ र ८ नं वडाका २०० घर परिवारसम्मलाई असर पुग्ने स्थानीयवासी ज्योतिले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै