नेभिगेशन
अन्य

एन्फा कार्यवाहक अध्यक्ष श्रेष्ठको अन्त्येष्टि गरिँदै

काठमाडौँ । करेन्ट लागेर गएराति निधन भएका अखिल नेपाल फुटबल सङ्घ एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको आजै अन्त्येष्टि गरिने भएको छ । भूकम्पले मङ्गलबजारको पुरानो भत्केपछि शुक्रबार मात्रै भैंसेपाटीस्थित नयाँ घरमा सरेका श्रेष्ठको घरको वाइरिङ मिलाउने क्रममा करेन्ट लागी निधन भएको थियो । एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधरका अनुसार करेन्ट लागेलगत्तै परिवारका सदस्यले उपचारका लागि अल्का अस्पताल लगेपछि चिकित्सकले श्रेष्ठलार्इ मृत घोषणा गरेका थिए । श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बिहान ७ देखि ९ बजेसम्म थ्रीस्टार क्लब मङ्गलबजारमा राखियो । ९ बजेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा राखिएको तुलाधरले बताए । श्रेष्ठको आजै दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । श्रेष्ठका पत्नी, एक छोरा र एक छोरी छन् । अढाइ दशकभन्दा लामो समयदेखि मुलुकको फुटबल खेलमा समर्पित थ्रीस्टार क्लबका अध्यक्षसमेत रहेका श्रेष्ठको अकल्पनीय निधनले सम्पूर्ण खेल क्षेत्रमा ठूलो क्षति पुगेको बताउँदै तुलाधरले नेपाली फुटबलक्षेत्रले एउटा हस्ती र मिलनसार व्यक्ति गुमाएको प्रतिक्रिया दिए । तीन कार्यकाल थ्रीस्टार क्लबका अध्यक्ष भइसकेका श्रेष्ठको व्यावसायिक फुटबलमा पनि महत्वपूर्ण योगदान थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै