नेभिगेशन
अन्य

भारतीय प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री महतको भेट

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हुन गइरहेको अन्तर्राष्ट्रिय दाता सम्मेलनमा सकेसम्म समय मिलाएर भाग लिन आउने बताए । आज नयाँ दिल्लीस्थित आफ्नो कार्यकक्षमा दाता सम्मेलनमा सहभागी भइदिन अर्थमन्त्री डा रामशरण महतले नेपाल सरकारका तर्फबाट हस्तान्तरण गरेको निमन्त्रणापत्र स्वीकार गर्दै भारतीय प्रधानमन्त्री मोदीले सो कुरा बताए । सो अवसरमा प्रधानमन्त्री मोदीले पुनःनिर्माणको काममा भारत नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको पनि बताए । ‘नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय दाता सम्मेलनमा सकेसम्म समय मिलाएर आउनेछु र पुनःनिर्माणको लागि नेपाललाई भारत जस्तोसुकै सहयोग गर्न पनि तयार छ,’ प्रधानमन्त्री मोदीको भनाइ उद्धृत गर्दै अर्थमन्त्री डा महतले रासससँग भने । अर्थमन्त्री डा महतले भारतीय प्रधानमन्त्रीसँगको भेट अत्यन्त सकारात्मक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिनुभयो । अर्थमन्त्री डा महतका अनुसार प्रधानमन्त्री मोदीसँग दुई देशको आर्थिक मुद्दा र भूकम्पपछि नेपालको पुनःनिर्माण अभियानबारे छलफल भएको थियो । अर्थमन्त्री डा महतले विपद्को अवस्थामा भारतीय जनता र भारतीय सरकारले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेका थिए । अर्थमन्त्री डा महतले भारतले विकट स्थानमा पुगेर हेलिकप्टरबाट भूकम्पपीडितको उद्धारमा ठूलो सहयोग पुर्याएको गरेको प्रसङ्गसमेत उल्लेख गर्नुभएको थियो । ‘पुनःनिर्माणको समयमा पनि भारतीय जनता र भारतको सहयोग जरुरी रहेकाले त्यसमा सहयोग गर्न मैले नेपालका तर्फबाट आग्रह गरेँ,’ अर्थमन्त्री डा महतले भने । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री मोदी र अर्थमन्त्री डा महतबीचको भेट अत्यन्त सकारात्मक र उत्साहवद्र्धक भएको प्रतिक्रिया दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै