नेभिगेशन
अन्य

मौसमका कारण प्रधानमन्त्रीको ताप्लेजुङ जाने कार्यक्रम रद्द

काठमाडौं । खराब मौसमका कारण प्रधानमन्त्री सहितको टोलीको ताप्लेजुङमा भिषण पहिरोबाट भएको जनधनको क्षति अवलोकन गर्ने कार्यक्रम रद्द भएको छ । प्रधानमन्त्री कोइराला सुशील कोइरा र एमाले अध्यक्ष केपी ओली पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने तथा राहत तथा उद्दारको लागि छलफल गर्न ताप्लेजुङ जाने कार्यक्रम रद्द भएको छ । मौसमको खराबीका कारण हेलिकोप्टर जाने अवस्था नभएकाले ताप्लेजुङ जाने कार्यक्रम स्थगित भएको ओलीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए । मौसम सफा हुनासाथ त्यसतर्फ जाने योजना रहेको उनले बताए । प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष ओली र प्रधान सेनापति गौरव शमसेर जबराको टोली पहिरो प्रभावित क्षेत्रमा जाने कार्यक्रम तय भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै