नेभिगेशन
अन्य

एमाओवादीसंग बिच्किएका चार मधेसी दलद्वारा फरक मत

काठमाडौं । असन्तुष्ट चार मधेसी दलले चार ठूला दलबीच जेठ २५ गते भएको १६ बँदे समझदारीमाथि फरक मत प्रस्तुत गरेका छन् । बिहीबार संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा उनीहरुले असहमति पत्र बुझाउँदै सहमति भइसकेको ८ प्रदेशको सट्टा ११ प्रदेश बनाउनुपर्ने फरक मत पेश गरेका हुन् । १६ बूँदे प्रस्ताव संविधानसभा नियमावली २०७०, अन्तरिम संविधान २०६३ को प्रस्तावना एवं मर्म र भावनाविपरीत रहेको दाबी गर्दै उनीहरुले मधेस विद्रोहका बेला सरकारसँग भएको २२ बुँदे र आठबुँदे सम्झौताको समेत खिलाफमा सहमति भएको आरोप लगाएका छन् । फरक मतपत्रमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्ल, सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण र तमसपा नेपालका आमन्त्रित सदस्य नरेन्द्र साहले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...